सौन्दर्य प्रतियोगिताका आयोजकबाट बलात्कृत युवतीको घरमा पुग्यो प्रहरी
घटना भएको झण्डै आठ वर्षपछि यसको सार्वजनिक गरेकी एक युवतीलाई न्याय दिलाउन र संसदमा सभामुख अग्नि सापकोटाले रुलिरुलिङ गरेपछि प्रहरी युवतीको घर पुगेको छ ।
बुधबार लगातार आफूमाथि भएको यौन हिंसाको भिडियो सार्वजनिक गरेपछि कारबाही हुने आशामा रहेकी उनले कानुन प्रावधानका कारण कारबाह नहने संकेत पाएपछि पुनः अर्को भिडियो सार्वजनिक गरेकी थिइन् ।
एक सौन्दर्य प्रतियोगिताको उपविजेता रहेकी ती युवतीलाई आयोजकले सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको र पति भिडियो र फोटो देखाउँदै पटकपटक बलात्कार गरेको खुलासा गरेकी थिइन ।
विद्यमान कानुनमा जवर्जस्ती करणीको जाहेरी घटना घटेको एक वर्षभित्र दिइसक्नुपर्ने प्रावधान छ । यसको बिरोधमा आज बालुवाटारमा प्रदर्शन पनि भएको थियो भने संसदमा आवाज पनि उठेको थियो ।
शुक्रबार नेपाली कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले यो घटनाको तत्काल छानबिन थाल्न सरकारसँग अनुरोध गर्नुभएको थियो । थापाको अनुरोधपछि सभामुख अग्नि सापकोटाले पनि छानविन गर्न सरकारलाई निर्देशन दिनुभएको थियो ।
चौतर्फी आवाज उठेपछि पीडित युवतीको घरमा प्रहरी पुगेको छ । काठमाडौं उपत्यकामा हुने जघन्य प्रकृतिको अपराध अनुसन्धान गर्ने उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाको नेतृत्वमा काउन्सिरलसहितको टोली उनको घरमा पुगेको छ ।
कार्यालयका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले पीडितलाई भेटेर टोलीले कुराकानी गरिरहेको र कानुनी रुपमा कसरी अघि बढ्न सकिन्छ भन्ने पनि छलफल भइरहेको बताउनुभएको छ
बुधबार सामाजिक सञ्जाल टिकटकमार्फत २० वटा भिडियो सार्वजनिक गरेकी युवतीले यसअघि प्रहरीसँग सम्पर्कमा आउन चाहेकी थिइनन् । भिडियो सार्वजनिक भएपछि मानवअधिकारकर्मी र अभियन्ताहरुले उनको खोजी गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्