खेलविविध

पदक विजेता वादोरियो कराते टोली फर्कियो

मलेसियामा भएको १९ औँ अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी खुला कराते प्रतियोगिताका पदक विजेता नेपाली वादोरियो कराते टोली शुक्रबार स्वदेश फर्किएको छ ।

गत वैशाख २९ देखि ३१ गतेसम्म भएको उक्त प्रतियोगितामा नेपालका १० खेलाडीले सहभागिता जनाएकोमा सबैले पदक जित्न सफल भए । नेपालले सात स्वर्ण, एक रजत र दुई कास्य पदक जितेको नेपाल वादोरियो कराते डो सङ्घले जनाएको छ ।

प्रतियोतिगामा देवकुमार शाह, प्रसिद्धि शर्मा, प्रशेष शाही, आरोन शेरचन, सुशान्त खड्का, समीक्षा सार्की र रिदेश बस्यालले स्वर्ण जिते । आकृति कँडेलले रजत तथा वैश्नवी वर्मा र सन्यम कँडेलले कास्य हात पारे । टोलीको प्रशिक्षकमा कमरुदीन अली, व्यवस्थापकमा शोभाकर पन्थ र अफिसियलमा समी थापा शर्मा रहनुभएको थियो ।

टोलीलाई नेपाल कराते महासङ्घका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका नेपाल वादोरियो कराते डो सङ्घका प्रमुख प्रशिक्षक हरिशरण केसीलगायतका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.