जन सरोकार

चिनियाँ जनमुक्ति सेनाको तर्फबाट वीरेन्द्र अस्पताललाई एमआरआई मेशिन प्रदान

छाउनीस्थित नेपाली सेनाको वीरेन्द्र अस्पताललाई चिनीया जनमुक्ति सेनाका तर्फबाट एमआरआई प्रदान गरिएको एको छ । चीन सरकारबाट नेपाली सेनालाई सहयोग स्वरुप प्राप्त मेशिन हालै औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।

नेपालका लागि चीनका राजदूत चेन सोङ्ग र प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले मेशिन जडित कक्षको संयुक्त रुपमा उद्‍घाटन गर्नुभयो ।

समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको स्वास्थ्य उपचार क्षेत्रमा पुर्‍याएको योगदानका लागि चीन सरकार तथा चिनियाँ जनमुक्ति सेनाप्रति नेपाली सेनाको तर्फबाट आभार प्रकट गर्नुभयो ।

नेपाली जनता तथा चिनियाँ जनताहरु बीच रहँदै आएको युगौं पुरानो सुमधुर सम्बन्धका बारेमा उल्लेख गर्नुहुँदै प्रधान सेनापतिले सन् २०१५ को विनासकारी भुकम्प पश्चातको उद्धार तथा पुनः निर्माण प्रयासहरुका साथै कोभिड १९ महामारी विरुद्धका प्रयासहरुमा चीनबाट प्राप्त सहयोग नेपाली जनता तथा नेपाली सेनाका लागि स्मरणीय रहने कुरा बताउनु भयो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्‍नुहुँदै चिनियाँ राजदूत चेन सोङ्गले नेपाल चीनको एक असल छिमेकीका रुपमा रहिआएको कुरा बताउनु हुँदै नेपाली सेनाको स्वास्थ्य उपचार क्षेत्रको सुधारमा सहयोग गर्न पाएकोमा प्रशन्‍नता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.