वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेला बूढानीलकण्ठमा – Nepal Japan
जन सरोकार

वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेला बूढानीलकण्ठमा

बूढानीलकण्ठ नगरपालिकामा वृत्ति मार्ग-निर्देशन तथा रोजगार मेला सुरु भएको छ । नगरपालिका परिसरमा सञ्चालित मेलामा नगरप्रमुख मीठाराम अधिकारीले उद्घाटन गर्नुभयो ।

नगरप्रमुख अधिकारीले युवालाई देशमै केही गरौँ भन्ने जनचेतना दिन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “युवा विदेश पलायन भइरहेका छन् । अध्ययनका लागि गएका युवाहरु फर्किएर नेपालमै काम नगरेको अवस्था छ । युवालाई स्वदेशमै केही गर्न सकिन्छ र केही गर्नुपर्छ भन्ने उत्प्रेरणा दिने उद्देश्यले नगरपालिकाले कार्यक्रम आयोजना गरेको हो ।”

नगरपालिका उपप्रमुख अनिता लामाले नगरका युवालाई स्वरोजगार बनाउन गर्न र युवाशक्तिलाई देशमै रोजगारी उपलब्ध गराउने उद्देश्यले कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

उहाँले ज्ञान, सीप, क्षमता भएका युवालाई नयाँ कामको खोजी गर्न मेलाबाट सहज हुने धारणा राख्नुभयो । उपप्रमुख लामाले नगरको आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रममा शिक्षालाई प्रथामिकता दिँदै स्वरोजगारका समस्या समाधानका मागलाई सम्बोधन गर्ने तयारी गरेको जनाउनुभयो ।

नगरपालिका प्रवक्ता नवराज भट्टराईले मेलाको पहिलो दिन पाँच हजार पाँच सयभन्दा बढी युवा मेलामा सहभागी भएका जानकारी दिनुभयो । उहाँले जेठ ६ र ७ गते दुई दिन सञ्चालन हुने मेलामा नगरले आकलन गरेका भन्दा धेरै युवाले सहभागिता जनाउन सक्ने अनुमान गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.