प्रबास

साङ्गे बने अमेरिकामा शेर्पा समुदायकै पहिलो वकिल

विजय थापा । अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पा लामा शेर्पा समुदायकै सम्भवतः पहिलो वकिल बनेका छन् । अमेरिकामा अहिलेसम्म नेपाली मूलका शेर्पा जातिमा कोही पनि वकिल भएको सार्वजनिक भएको छैन

शेर्पा जाती हिमाल चढ्ने, हिम चुचुरोमा खेल्ने, हिम शिखरमै रमाउने र सयौ कीर्तिमान कायम गरिरहने आँटिला, जोशिला र बहादुर मानिने शेर्पा समुदायकै प्रतिनिधित्व गर्दै अमेरिका जस्तो राष्ट्रमा अधिवक्ता बन्न सफल भएका छन् ।

साङ्गे शेर्पा लामाले उत्कृष्ट जिपीए हासिल गर्दै लेखा संकाय (एकाउन्टीङ्ग) समेतमा उतिर्ण हुँदै अमेरिकी अधिवक्ता बनेर शेर्पा समुदाय तथा मातापिताकै प्रतिष्ठा उच्च बनाउन सफल भएका छन । अमेरिकामा रहेका नेपाली मूलक शेर्पा समुदायको इतिहास उनी सम्भवतः प्रथम अधिवक्ता हुन् ।

उनले मे २० ,२०२२ का दिन रजर विलियम युनिभर्सिटीबाट कानुन उपाधिमा स्नातक गरेका छन् । शेर्पा लामाले अमेरिकाको रोड आइल्याण्डको एक निजी विश्वविद्यालय रोजर विलियम्स विश्वविद्यालय ब्रिस्टलबाट स्नातक गरेका हुन् । यो विश्वविद्यालय १९५६ मा स्थापित भएको हो ।

अधिवक्ता हुनासाथ शेर्पालामाले आगामी अगस्त महिनादेखि आफ्नो पहिलो जागिर न्यूयोर्क शहरमा सहायक जिल्ला अधिवक्ता (एडिए एसिस्टेन्ट डिस्ट्रिक एटोर्नी) पदमा काम थाल्ने भएका छन् ।

साङ्गे शेर्पा लामा सामाजिक अभियन्ता बुवा छेवाङ्ग शेर्पालामा र आमा आङ्ग फूर्बा शेर्पालामाका कान्छा सुपुत्र हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.