फोटो फिचर

नेपालको सबैभन्दा ठूलो र गहिरो ताल फोक्सुण्डो

मौसम खुलेसँगै मनमोहक देखिएको डोल्पा जिल्लामा अवस्थित फोक्सुण्डो ताल । नेपालमै सबैभन्दा गहिरो र ठूलो यो ताललाई स्थानीय तहमा रिग्म तालको नामले पनि चिनिन्छ । यो ताल शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र अवस्थित हिमाली सफापानीको ताल हो ।

नेपालको सबैभन्दा ठूलो ताल समेत रहेको फोक्सुण्डो समुद्री सतहभन्दा करिब ३९०० मिटरको उचाइमा छ । यस तालको लम्वाइ ४.८ किमी, चौडाइ १.६ किमी र अधिकतम गहिराई ६५० मिटर रहेको यस ताललाई सन् २००७ मा रामसार सूचीकृत गरिएको छ ।

यस तालको उत्पत्ति ३० देखि ४० हजार वर्ष पहिले भएको अनुमान छ । तालको दक्षिणी छेउमा स्थित रिंग्मो गाउँमा ३० देखि ४० हजार वर्ष पहिला भएको पहिरोको कारण यस तालको उत्पति भएको अन्वेषणहरुले देखाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.