राजनीति

राष्ट्रिय राजनीतिमा युवालाई अगाडि बढाउने : अध्यक्ष नेपाल

प्रथम मदन आश्रित स्मृति नकआउट सेभेन ए साइड खुला फुटबल प्रतियोगितामा फुटसल फाईभ समूह प्रथम भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट पिपुल्स भोलेन्टियर्सको आयोजना तथा युवा सङ्घ नेपालको समन्वयमा काठमाडौँको मनमैजुस्थित मैदानमा भएको प्रतियोगितामा रोयन एफसी समूह दोस्रो र कुर्दन एफसी समूह तेस्रो भएका छन् ।

पहिलो दोस्रो र तेस्रो समूहले क्रमशः तीन लाख, रु दुई लाख र एक लाखसहित शिल्ड, ट्रफी प्राप्त गरेका छन् । यही जेठ ३ गतेदेखि आजसम्म भएको प्रतियोगितामा ८० टिमको सहभागिता रहेको भए पनि ५८ टिमले प्रतिस्पर्धा गरेका थिए ।

नेकपा (एककिृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले खेलकुदका माध्यमबाट देशको पहिचानलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न सकिने बताउँदै त्यसका लागि युवा वर्गले महत्वपूर्ण भूमिका निर्वाह गरेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय राजनीतिमा पनि युवालाई अगाडि बढाउने नीति आफ्नो पार्टीले अवलम्बन गरेको जानकारी दिनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङले देशमा छरिएका कम्युनिष्ट शक्तिलाई एकताबद्ध गरी कम्युनिष्ट सिद्धान्तलाई लोकप्रिय बनाउन जननेता मदन भण्डारी र कुशल सङ्गठनको स्मृतिमा गरिएको प्रतियोगितालाई सबै जिल्लामा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

पार्टी पोलिटब्युरो सदस्य एवं युवा सङ्घ इन्चार्ज दिलु पन्तले नेपाली राजनीतिमा देखापरेको भ्रष्टाचार, आपराधिकरणलगायत विकृति अन्त्यका लागि युवाशक्ति आदर्श र निष्ठापूर्वक अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको दुर्घटनामा परी निधन भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.