आदिवासी जनजाती महासंघ क्युस्युमा रोशनकुमार राई चयन
नेपाल आदिवासी जनजाती महासंघ क्युस्यु क्षेत्रीय कार्यसमितिको तेस्रो अधिवेशनले रोशन कुमार राईलाई नयाँ नेतृत्वमा चयन गरेको छ। जुम भर्चुअल माध्यमबाट भएको अधिवेशनबाट राईको नेतृत्वमा नयाँ २०२१-०२३ कार्यकालको लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
कार्यसमितिको नयाँ कार्यसमितिको उपाध्यक्षमा सचिन नेम्बाङ्ग, अर्जुन पुन मगर र महिला उपाध्यक्षमा ललिता तामाङ्ग, सचिबमा सन्तमान शाक्य, सह–सचिबमा ईन्द्र घले, कोषाध्यक्षमा प्रदिप कुमार राई, सह–कोषाध्यक्षमा बेग बहादुर राना, सदस्यहरुमा प्रबिन श्रेष्ठ, सिर्जना मगर, नानी माया तामाङ्ग, सुमन सिंह लिम्बु, अनिता श्रेष्ठ, असल सिंह मोक्तान, परिता राई र बाबु गुरुङ्ग सहितको १६ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।
भिमबहादुर गुरुङ्गको अध्यक्षता र नेपाल आदिवासी जनजाती महासंघ जापानका केन्द्रीय अध्यक्ष सञ्जीव चाम्लिङ्ग राईको प्रमुख अतिथिमा सम्पन्न गरेको हो । क्युस्यु क्षेत्रीय कार्यसमितिका सचिब सन्तमान शाक्यको संचालनमा भएको अधिबेशनमा नेपाल आदिबासी जनजाती महासंघका अग्रज ब्यक्तित्वहरु, क्युस्यु क्षेत्रका बिभिन्न संघसंस्थाका संयोजक तथा प्रतिनिधिहरुको उपस्थितिमा थियाे।
क्युस्यु क्षेत्रिय कार्यसमितिद्धारा निर्माण गरिएको निर्वाचन कमिटिका संयोजक रामकृष्ण श्रेष्ठ, सदस्यहरु प्रदिप श्रेष्ठ, हस्त लामा र निवर्तमान अध्यक्ष भिम बहादुर गुरुङ्ग सदस्य रहने गरी निर्वाचन कमिटी गठन गरिएको थियो ।
पदाधिकारीहरुको पदमा उम्मेद्धारी धेरै आएको र सबै जाती बर्गहरुको समान सहभागितालाई मध्यनजर गर्दै केही पदहरु बिधान संशोधन मार्फत थप्ने गरी महासचिव हटाई सचिब र सह–सचिब र १ महिला सहित ३ उपाध्यक्ष रहने गरी नयाँ कार्यसमिति गठन गर्न उचित ठहर गर्दै सोही बमोजिम नयाँ कार्यसमिति गठन गरिएको निर्वाचन कमिटीका संयोजक रामकृष्ण श्रेष्ठले बताउनु भयो ।
अधिबेशनमा सहभागि बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले क्युस्यु क्षेत्रमा जनजाती महासंघ एक सशक्त संस्थाको रुपमा स्थापित भएको र आगामी दिनमा सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । यस्तै हाम्रो नेपाल हामी नेपालीका संयोजक धर्मराज अधिकारीले पनि क्युस्यु क्षेत्रमा जनजातीहरुको उपस्थिति र संघसंस्था प्रतिको सहभागिता उल्लेख्य भएको र जापानमा सिकेका ज्ञान सिपलाई राष्ट्र निर्माण लगाउन सके उचित हुने राय ब्यक्त गर्नु भएको महासंघका सचिब सन्तमान शाक्यले बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्