भरतपुरमा रेनु-चित्रसेन विजयी, औपचारिक घोषणा हुन बाँकी
चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर र उपमेयरका उम्मेवारको विजयी भएका न् । केही मतगणना बाँकी रहेकाले औपचारिक घोषणा भने भएको छैन ।
भरतपुर महानगरपालिका प्रमुखमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दिनुभएको छ ।
अहिलेसम्म एक लाख २६ हजार नौ सय ५७ मत गणना गरिसकिएको छ । जसमा दाहाल १२ हजार तीन सय २३ मतले अघि हुनुहुन्छ भने गणना गर्न ९१२ मत मात्र बाँकी छ ।
दाहालले ५१६६६ मत पाउनुभएको छ भने नेकपा एमाले-राप्रपा गठबन्धनका उम्मेदवार एमाले नेता विजय सुवेदी ३९३४३ मतसहित पछ्याइरहनुभएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले अहिलेसम्म १४७४१ मत ल्याएका छन्।
त्यस्तै उपमेयर पनि सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीको जित सुनिश्चित भएको छ। उहाँले अहिलेसम्म ५२४२१ मत पाउनुभएको छन् भने एमाले-राप्रपा गठबन्धनबाट उपमेयरमा राप्रपाकी हिमला गुरुङले ३०४७७ मत ल्याउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्