जब कलेजका शिक्षकले विद्यार्थीलाई ‘यौन पार्टनर’ बन्न प्रस्ताव गरे…
आफ्नै विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ परेका छन् । कलेजका शिक्षक जनार्दन अधिकारीले आफ्नै छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरी वृत्त, गौशालाले पक्राउ गरेको हो ।
अधिकारीले कलेजका छात्रालाई दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यार्थीहरु आन्दोलित भएका थिए । त्यसपछि छलफलका लागि भन्दै शिक्षक र अभिभावकलाई प्रहरीले गौशालास्थित प्रहरी वृत्तमा बोलाएको थियो । त्यहीबीच सोधपुछ गरेर शिक्षक अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीले जाहेरी आइसकेपछि घटनाबारे विस्तृत विवरण सार्वजनिक गर्ने बताउँदै शिक्षक अधिकारीले ‘आफूले भनेअनुसार गरे सहयोग गरिदिने’ भनेर छात्रामाथि गलत मनसाय राखेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।
पक्राउ परेका शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले प्रहरी वृत्त गौशालाबाहिर प्रदर्शन गरिरहेका छन् ।
शिक्षक अधिकारीले विद्यार्थीलाई “बिहे गरेपछि बुढीसँग तीन महिनामात्रै रमाइलो हुँदो रहेछ विल यु बि माई सेक्स पार्टनर” भनेको र त्यहाँबाट भाग्न खोज्दा टेबलमा रेस्टिगेट पेपर राखेर “कसैलाई भनिस् भने रेस्टिगेट गरिदिन्छु” भनेको बताएकी छिन् ।
ती विद्यार्थीले साथीहरूसँग हिँड्दा पनि बोलाएर उनीहरूसँग किन हिँडेको, भन्ने गरेको र कसैलाई नभने कलेज फी, बस भाडा पनि नलिने भनेको तर पीडित विद्यार्थीले अभिभावकलाई भनेपछि मंगलबार घटना बाहिरिएको हो ।
प्रतिक्रिया राख्नुहोस्