जन सरोकार

दाहसंस्कारपछि पुष्टि भयो कोरोना संक्रमण- रिपोर्ट नआउँदै शव हस्तान्तरण, अस्पताल सिल गर्न आदेश

मेडिकल कलेज

मेडिकल कलेज

एक हप्ता अघि वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारको क्रमममा मृत्यु भएका वृद्धको दाहसंस्कारपछि कोरोना संक्रमणको पुष्टि भएको छ । कोरोना संक्रमणको पुष्टि भएपछि प्रशासनले सो अस्पताल सिल गर्न आदेश दिएको छ ।

समाचार अनुसार गत जेठ ४ गते भएका ती वृद्धको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजिटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जनाउनुभएको छ । त्यस्तै उहाँले उपचारको क्रममा वृद्धको मृत्यु भइसकेको जानकारी नेसनल मेडिकल कलेजले आफूलाई जानकारी नगराएको आराप लगाउनुभएको छ ।

जेठ २ गते करिब साढे एक बजेको समयमा ती वृद्ध मेडिकल कलेजको आकस्मिक कक्षमा भर्ना भएका थिए । श्वासप्रश्वास, निमोनिया, क्षयरोगलगायतले ग्रस्त भएका ती वृद्ध सिकिस्त भएपछि चिकित्सकले उनलाई आईसीयूमा भर्ना गरे । श्वासप्रश्वास र निमोनिया भएकाले नारायणी अस्पतालबाट भीटीएम मगाएर उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

उपचारकै क्रममा दुई दिनपछि जेठ ४ मा ती वृद्धको मृत्यु भयो । तर, मेडिकल कलेजले ती वृद्धको स्वाब परीक्षण नतिजा नआउँदै शव परिवारको जिम्मा लगाएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.