जापानको पेन्सन नेपालबाटै, तर आवेदन यहींबाट दिनुपर्छ
जापानमा पेन्सन पाउने समयसम्म काम गरेर नेपाल फर्केपछि नेपालमै बसेर जापानको पेन्सन पाइने सुविधा रहेको छ । तर, त्यस्तो आवेदन नेपालबाटै दिनुपर्ने हुन्छ अन्यथा पाउनु हुने छैन ।
जापानमा फुलटाइम काम गर्दा धेरैजसो कम्पनीमा कर्मचारीहरूले पेन्सन अनिवार्य रूपमा तिर्नुपर्ने हुन्छ र कम्पनीले कर्मचारीको तलबबाट प्रत्येक महिना केही रकम काट्ने गर्छ। तर धेरै नेपालीहरुलाई जापानको यो सेवाबारे राम्रोसँग थाहा नभएका पाइएको छ ।
त्यसैले जापान सरकारले १० वर्ष नपुग्दै स्वदेश फर्किसकेका व्यक्तिहरूका लागि स्वदेश फिर्ती हुँदाको “एकमुष्ठ रकम मागदाबी” (दात्ताई इचिजिकिन) गर्ने अधिकार दिएको छ ।
नेपालबाटै पेन्सन पाउनका लागि जापान सरकारले तोकेका केही प्रावधानहरुका बारेमा राम्रो जानकारी भएन भने पेन्सन फिर्ता पनि हुनसक्छ । सबैले बुझ्नुपर्ने कुरा के हो भने-
पेन्सन (तपाईं सेवानिवृत्त भएपश्चात)
यदि तपाईंले जापानमा १० वर्षभन्दा बढी अवधिको लागि आफ्नो पेन्सनमा योगदान गर्नुभएको छ भने आफ्नो ६५ औँ जन्मदिनभन्दा ३ महिनाअघि आवेदन दिनुपर्दछ* । यदि तपाईंले आफ्नो ६५ औँ जन्मदिनको ५ वर्षभित्र यसको लागि आवेदन दिनुभएन भने तपाईंले आफ्नो पेन्सन प्राप्त गर्ने अधिकार गुमाउनु हुनेछ ।
पेन्सन फिर्ता
यदि तपाईंले आफ्नो पेन्सन १० वर्षभन्दा कमको लागि भुक्तानी गर्नुभयो भने तपाईंले यसलाई फिर्ता प्राप्त गर्न जापानी पेन्सन सेवामा आवेदन दिनुपर्दछ । आवेदन दिँदा नेपालबाट दिनुपर्दछ र जापान छोडेको दुई वर्षभित्र दिनुपर्दछ । यसलाई एकमुष्ट निकासी भुक्तानी भनिन्छ ।
पेन्सन अथवा पेन्सन फिर्ता माग दाबी कसरी गर्ने
तपाईंले आफ्नो पेन्सन रकम पाउन अथवा पेन्सन फिर्ता पाउनको लागि नेपालबाट आफ्नो पेन्सन नम्बरसहित जापान पेन्सन सेवामा आवेदन दिनुपर्ने हुन्छ । आवेदन नदिएसम्म तपाईंले आफ्नो पेन्सन अथवा पेन्सन फिर्ताको रकम पाउनु हुने छैन ।
जापान पेन्सन / पेन्सन फिर्ताको वारे थप जानकारी चाहनुहुन्छ भने अथवा आवेदन सम्बन्धी कुनै सहयोग चाहिएमा जापान नेन्किन सेवामा सम्पर्क गर्न सक्नु हुन्छ तर नेपालमा सहयोग आवश्यक परेमा nenkinsewa.com बाट निशुल्क परामर्श पाउन सक्नुहुनेछ ।
अस्वीकरण :
केही व्यक्तिहरूले ६५ वर्षको उमेर अघि वा पछि पेन्सन प्राप्त गर्न सक्छन् र त्यसको लागि फरक नियमहरू लागू हुन सक्छ ।
प्रतिक्रिया राख्नुहोस्