जन सरोकार

भुटानी शरणार्थी बनेकाहरुसंग असुलेको रकम बोरामा भरेर सरकारी गाडीमा ओसारपसार

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं रुपैयाँ असुल गर्ने काममा मन्त्री, सचिव, पूर्व मन्त्रीदेखि उनका छोराछोरी तथा उच्च तहका व्यक्तिहरुको संलग्नता लुकाउनुपर्ने विषय रहेन ।

जेठ १० गते जिल्ला अदालत काठमाडौंमा पूर्वमन्त्रीहरुसहित उच्च सरकारी अधिकारी, बिचौलिया गरी ३० जना बिरुद्ध मुद्दा दायर भैसकेको छ भने यो धन्दामा सरकारी स्रोतको चरम प्रयोग भएको पनि खुलेको छ ।

नेपाली युवालाई भुटानी शरणार्थी बनउँछु भन्दै ठगी गरेको गिरोहले पीडितसँग असूली गरेको रकम बोरामा राखेर सरकारी गाडीमै काठमाडौं ल्याएर भागवण्डा गरेको पनि खुलेको छ ।

पक्राउ परेको एक बिचौलिया सन्देश शर्माले गृह मन्त्रालयले नेपाल हज कमिटीको सचिवालयलाई दिएको गाडीमा राखेर दुई बोरा पैसा काठमाडौं ल्याएको खुलेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा पेश गरेको अभियोग पत्रमा सवारी चालक गौतम गिरीले २०७८ सालको जेठ चौथो हप्तातिर चितवनबाट गाडीमा पैसा भएको प्लाष्टिकको सेतो बोरा लिएर आफू काठमाडौं आएको खुलाएका छन् ।

गाडी लिएर जान भनेअनुसार काठमाडौं आउन खोज्दा शर्माले गाडीमा पैसा भएको बोरा पनि राखिएको बयान प्रहरीसमक्ष दिएका छन् ।

आफूले पनि अमेरिका जाने सोच बनाएर रामकुमार रेग्मीको सल्लाह अनुसार ३ लाख रुपैयाँ बुझाएको उनले भनेका छन् । त्यसक्रममा उनीहरुले आफ्नो पनि आँखा परीक्षण गर्ने, फोटो टाँस्ने र औंठा छाप गर्ने जस्ता काम गरेको गिरी बताउँछन् ।

‘त्यतिबेला अन्य पीडित व्यक्तिसँग नगद पैसा उठाएर सन्देश शर्मालाई बुझाइएकोमा उनले त्यो रकम प्लाष्टिकको सेतो दुई वटा बोरामा राखिरहेको आफूले देखेको उनले बताएका छन् ।

उनका अनुसार काम विशेषले काठमाडौं आउनुपर्ने भएकाले रेग्मीलाई जान्छु भन्दा उनले मेरो साथी सन्देश शर्माको कालो रंगको गाडी लिएर घरमा छाडिदिनु भनेका थिए । गाडी लिएर जान खोज्दा शर्माले सरकारी नम्बर प्लेटको गाडीमा पैसा भएको बोरा राख्न भनेको बयानका खुलाएका छन् ।

‘एउटा बोरा उचालेर मैले गाडीमा राखेँ भने अर्को एक बोरा नजिकको चालक (नाम थाहा नभएको)ले राखेका थिए । गिरीले काठमाडौं ल्याएको गाडी हज कमिटीका अध्यक्ष शमशेर मियाँको भएको खुलेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.