राजनीति

जनप्रतिनिधिले गर्न हुने र नहुने कामको निर्देशिका बनाउँदै माओवादी

नेकपा (माओवादी केन्द्र)ले पार्टीका तर्फबाट उम्मेदवार भएर निर्वाचित जनप्रतिनिधिले गर्न हुने र नहुने कामको निर्देशिका बनाउने भएको छ ।

यसै गरी पार्टीले जनताको कामका लागि अभिप्रेरित गर्ने उद्देश्यले यही जेठ १८ र १९ गते काठमाडौँमा जनप्रतिनिधिलाई प्रशिक्षण पनि दिने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार प्रशिक्षणमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको सहभागिता हुनेछन् ।

जिल्ला समन्वय समिति गठन भएको अवस्थामा जिससका प्रमुख र उपप्रमुखलाई पनि कार्यक्रममा सहभागी गराइने उहाँले बताउनुभयो ।

कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पार्टीका शीर्ष नेता र विभिन्न क्षेत्रका विज्ञले प्रशिक्षण दिनुहुनेछ । पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई जनताका पक्षमा जिम्मेवारीका साथ प्रस्तुत हुन स्पष्ट निर्देशन दिने माओवादी तयारी छ ।

माओवादीले जनप्रतिनिधिले गर्न हुने र नहुने कामसम्बन्धी निर्देशिका पनि तयार गरिरहेको मुख्यसचिव ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.