नीति तथा कार्यक्रममाथिको छलफल- सरकारले कसलाई उच्च र कसलाई मध्यमखालको खानेपानी दिने हो ?
प्रधानमन्त्री शेरबहादुर देउवा आव २०७९/८० को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधनमा गर्दै सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।
यसैबीच राष्ट्रियसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ । उक्त नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले बैठकमा प्रस्तुत गरेपछि छलफल प्रारम्भ भएको हो ।
छलफलमा भाग लिँदै संशोधनकर्ता सांसद भैरवसुन्दर श्रेष्ठ, शेखरकुमार सिंह, भगवती न्यौपाने, विमला घिमिरले आ–आफ्नो असहमतिको कुराहरु बैठकमा राख्नुभएको थियो ।
संशोधनका बुँदामा नीति तथा कार्यक्रममा ‘एक घर : एक धारा’ कार्यक्रम रहेको छ । चार लाख ६६ हजार नागरिकलाई उच्च र मध्यमखालको खानेपानी दिने भन्ने रहेको छ । नागरिकलाई स्वच्छ खानेपानी दिनुपर्ने हो । कसलाई उच्च र कसलाई मध्यमखालको खानेपानी दिने हो सरकारसँग म जवाफ चाहान्छाैँ भनिएको छ ।
त्यस्तै, स्थानीय तहको निर्वाचन शान्तिपूर्ण भयो भनेर भनिएता पनि अत्यन्तै झेलझाल र धाँधली गरेर लज्जाबोध हुने तरिकाले निर्वाचन सम्पन्न भएको उल्लेख गरिएको छ ।
अघिल्लो सरकारले ल्याएको एक हजार ४०० भन्दा बढी सडक निर्माणका योजना हटाएकोप्रति बैठकमा संशोधनकर्ता सांसदको धारणापछि नियमितरुपमा दलीय आधारअनुसार नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।
प्रतिक्रिया राख्नुहोस्