राजनीति
बन्दभो एसियाको ‘एयर ट्रान्जिट हब’ बनाउने बाटो
एसियाको एयर ट्रान्जिट हबका रुपमा बाराको निजगढमा बनाउन प्रस्ताव गरिएको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ढोका सर्वोच्च अदालतले बन्द गरिदिएको छ ।
निजगढमा विमानस्थल निर्माण गर्दा वातावरणीय क्षति धेरै हुने भन्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासमेत र रञ्जुहजुर पाँडेसमेतले छुट्टाछुट्टै रिट दायर गर्नुभएको थियो ।
सोही रिटमा सुनुवाइ गर्दै बिहीबार सर्वोच्चको बृहत पूर्ण इजलासले अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने भए ऐन, कानुन र विधिशास्त्रीय मान्यता अनुसार उपयुक्त विकल्प खोज्न परमादेश दिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।
न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले उत्प्रेषणको आदेशले बदर गरिदिएको हो । ।
प्रतिक्रिया राख्नुहोस्