राजनीति

आम जनता पार्टीले लघुवित्त र सहकारीको रकम अपचलनविरुद्ध सङ्घर्ष गर्ने

आम जनता पार्टीले विदेशमा गएका कामदारबाट लिइएको अवैध रकम फिर्ता दिलाउन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

आम जनता पार्टी

पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा शनिबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले कामदारबाट लिइएको अवैध रकम फिर्ता र बेथितिविरूद्ध सातै प्रदेशमा विरोधका कार्यक्रमलाई अभियानका रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।

बैठकले विदेशी नागरिकता लिएकाको सम्पत्ति कति र कहाँ छ भन्नेबारे खोजबिन गरी कब्जा गर्न सरकारलाई जनदबाब दिने निर्णयसमेत गरेको अध्यक्ष साहले बताउनुभयो । “भ्रष्टाचार नियन्त्रण गर्नमा राज्यका सङ्यन्त्रको भूमिका प्रभावकारी भएन । त्यसैले बैंकले लिएको मनोमानी ब्याज फिर्ता गराउन सरकारलाई माग गर्ने र लघुवित्त र सहकारीको रकम अपचलन गर्नेविरुद्ध पीडित जनताको पक्षमा जारी सङ्घर्षलाई थप सशक्त, प्रभावकारी एवं देशव्यापी बनाउने निर्णय गरिएको छ”, अध्यक्ष साहले भन्नुभयो ।

बैठकले शिक्षा क्षेत्रमा सुधारका लागि प्रत्येक विद्यालयमा विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दीको व्यवस्था गर्न पुनः माग गरेको छ । आजको बैठकले उपत्यका विशेष कमिटीसहित सातै प्रदेशका इञ्चार्जलाई विभिन्न जिम्मेवारीसमेत तोकेको जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.