कला/मनोरन्जनकलिउड
‘द पोएट आइडल सिजन २’को उपाधि सिक्किमका राईलाई
कवितामा आधारित रियालिटी शो ‘द पोएट आइडल सिजन २’को उपाधि सिक्किमका सिमियोन सुकिता राईले जित्नुभएको छ । शनिबार बेलुकी भएको अन्तिम प्रतिस्पर्धामा मुस्कान पोखरेल, विजय लुइँटेल र मोहित जोशीलाई पछाडि पार्दै राईले उपाधि जित्नुभएको हो ।
“आज मसँगै मलाई विश्वास गर्ने सबैको जित भएको छ । मलाई यो मञ्चसम्म ल्याउन धेरै सहयोगी हातले हातेमालो गर्नुभएको छ । मेरो कविता यात्रालाई दिगो बनाउन यो उपाधि मार्गदर्शक भएको छ”, विजेता राईले भन्नुभयो । ‘द पोएट आइडल’को दोस्रो शृङ्खलामा उपेन्द्र सुब्बा, विप्लव प्रतीक, अनुप बराल र केकी अधिकारी निर्णायक हुनुहुन्थ्यो ।
प्रतिक्रिया राख्नुहोस्