राजनीति

संविधान संशोधन विधेयक प्रतिनिधिसभाको कार्यसूचीबाट हट्यो

संसद् बैठक

संसद् बैठक

सरकारले जारी गरेको नयाँ नक्सा अनुसार संविधान संशोधनका लागि सरकारले संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधन विधेयक प्रतिनिधिसभामा बुधबार पेश गर्ने कार्यसूची हटेको छ ।

संसद सचिवालयले यसअघि प्रकाशित गरेको सम्भावित कार्यसूचीमा कानुन मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले बुधबारको बैठकमा ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ पेश गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको थियो ।

संशोधन विधेयक पेस हुने भएपछि सर्वसम्मत पारित गराउन सरकारले पहल थालेको थियो । मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले आव्हान गर्नुभएको सर्वदलीय बैठकमा संविधान संशोधन सर्वसम्मतले पारित गर्न आग्रह गर्नुभएको थियो । तर, बुधबार यो विषय कार्यसूचीबाट हटाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.