राजनीति
‘पार्टीभित्रको समस्या समाधान भनेको विशेष महाधिवेशन नै हो’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टीभित्र विभिन्न समस्या बढ्दै गएकाले यसको समाधान पार्टीको विशेष महाधिवेशन हुनुपर्ने बताउनुभएको छ ।
रामेछापको मन्थलीमा आयोजित नेपाली कांग्रेस रूपान्तरण अभियानको कार्यक्रममा उहाँले पार्टीको बैठक नबसेको पनि ११ महिना भएकाले पार्टीभित्र देखिएको समस्याका बारेमा सुझाव दिन नपाएको बताउनुभयो । उहाँले पार्टी सुधारका लागि दबाब दिन र गाउँगाउँका कार्यकर्ताहरूको मनोबाल उच्च राख्न यो अभियान सञ्चालन गरिएको बताउनुभयो ।
बागमती प्रदेश प्रतिनिधि जगदीश नरसिंह केसीले भूटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई पार्टीले कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीले आफ्ना र आफन्त नभनी आपराधिक क्रियाकलाप गर्ने जो सुकैलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्