प्रदेशसुदूरपश्चिम

पत्रकार जिम्मेवार बन्नुपर्छ : मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनप्रतिनिधि मात्र नभइ पत्रकार पनि देश, जनता र समाजप्रति जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन लम्की शाखा कैलालीको पाचौँ अधिवेशन तथा २३औँ स्थापना दिवस उद्घाटन गर्दै उहाँले देशको विकास र समृद्धिका लागि जनप्रतिनिधि मात्र नभइ पत्रकारसमेत जिम्मेवार हुन आवश्यक रहेको बताउनुभयो ।

मुख्यमन्त्री शाहले पाउनुभयो दुई तिहाइ सदस्यको विश्वासको मत

मुख्यमन्त्री शाहले मुलुकको व्यवस्था, सङ्घीयता र भसोरा जोगाउने दायित्व जनप्रतिनिधिको भएको बताउँदै यी व्यवस्था जोगाउ सहयोग पुग्ने खालका समाचार मिडिमार्फत आउनुपर्ने बताउनुभयो । उहाँले अहिलेको व्यवस्थाबाट मुलुकको समृद्धि हुनुपर्नेमा जोड दिनुभयो ।

प्रदेश सकार पत्रकार जगतलाई अलग राखेर अघि नबढ्ने विश्वास दिलाउँदै मुख्यमन्त्री शाहले पत्रकारलाई साथमा लिएर अघि बढ्ने बताउनुभयो । सरकारका कमी कमजोरीमा आँैला उठाउन आग्रह गर्दै उहाँले आफूले प्रेस स्वतन्त्रताको वातावरण बनाउन पहल गर्ने बताउनुभयो । ‘‘पत्रकारले सही सूचना मात्र दिनुपर्छ, सत्य नबुझी कसैको मानमर्दन हुने समाचार लेख्न हुन्न’’, उहाँले भन्नुभयो, ‘‘प्रदेश सरकारलाई सुझाव दिने खालका समाचार लेख्नुस्, म पूर्वाग्रही हुनेछैन । सुझावका रुपमा लिनेछु ।’’

कार्यक्रममा नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीले जनप्रतिनिधिले पनि प्रेस सल्लाहकार राखेर मिडियालाई सहज हुने गरी सूचना दिनुपर्ने आवश्यक रहेको बताउनुभयो । उहाँले पत्रकार महासङ्घले पत्रकारको शुद्धीकरण अभियान चलाएका बेला युनियनसमेतमा शुद्धीकरण आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस कैलालीका उपसभापति भीम बडुवालले पत्रकारिताले व्यावसायिक धर्म भुल्न नहुने बताउनुभयो । लम्कीचुहा नगरपालिकाका प्रमुख शुशिला शाहीले पत्रकारले भष्ट्राचारका विषयमा बढी कलम चलाउन आवश्यक रहेको बताउनुभयो । प्रेस युनियन सुदूरपश्चिमका अध्यक्ष मनमोहन स्वाँरले पत्रिका, एफएम धरापमा परिरहेकाले पत्रकार पनि समस्यामा रहेका बताउँदै मिडियाको संरक्षणमा सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

प्रेस युनियन लम्कीका सभापति देवानन्द न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा मोहन्याल गाउँपालिकाका उपाध्यक्ष कमल साउँद, पत्रकार महासङ्घका केन्द्रीय सदस्य भरत शाह, पत्रकार महासङ्घका सुदूरपश्चिम अध्यक्ष योगेश रावल, नेपाली कांग्रेस लम्की चुहा नगरका सभापति इन्द्र कुँवर, युनियन लम्कीका सल्लाहकार भुवनेश्वर अधिकारीले अधिवेशनको शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रेस युनियन लम्कीको सभापतिमा पाण्डे
प्रेस युनियन लम्कीको सभापतिमा परमानन्द पाण्डे चयन हुनुभएको छ । लम्कीमा सम्पन्न पाचौँ अधिवेशनले पाण्डेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । युनियनको उपाध्यक्षमा चन्द्रप्रसाद खनाल, समावेशी उपाध्यक्ष रतनलाल चौधरी, सचिवमा विरेन्द्र शाह, कोषाध्यक्ष धर्मेन्द्र विष्ट र सहसचिव महिलामा दिपशिखा न्यौपाने चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यमा हिक्मतप्रसाद उपाध्याय, भरत भण्डारी, नविनकुमार देवकोटा, गणेशबहादुर क्षेत्री चयन हुनुभएको छ । जनजाती सदस्यमा सुधराम दहित, दलित सदस्यमा ज्योति सुनार, सदस्य महिलामा पवित्रा ढकाल चयन हुनुभएको निर्वाचन अधिकृत टेकबहादुर सार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.