जल/वातावरण

नदीमा फोहर फाल्नेमाथि ठाउँका ठाउँ कारबाही

काठमाडौं महानगरपालिकाले नयाँ नेतृत्व पाएको एक वर्षको अवसरमा सबै वडामा सरसफाई अभियान चलाएको छ भने विगत दश वर्षदेखि अभियानका रुपमा रहेको वाग्मती सफाई महाअभियानलाई पनि सघाइरहेको छ ।

पछिल्लो समय महानगरले नदीमा फोहर फाल्नेलाई स्थलगत कारबाही सुरु गरेको छ । यसै क्रममा जेठ १३ गते शनिबार जथाभावी सडकछेउ तथा नदी किनारमा फोहर गर्नेहरुलाई काठमाडौं महानगरपालिका प्रहरी तथा स्वयंसेवकहरुले कारबाही गरेका छन् ।

यसै गरी कामनपा प्रहरीले जथाभावी फोहर फाल्ने केही व्यक्तिलाई पक्राउ पनि गरेको छ । आम नागरिक शहर सुन्दर र स्वच्छ अभियानमा सहभागी हुने तर केही व्यापारी लगायत ठुलाबडाहरु नदी र सडकमा फोहर फाल्न नछाडेपछि कारबाही गर्नुपर्ने आमनागरिकको आवाज उठिरहेको छ ।

शनिबार फोहर फाल्नेलाई जविाना र पक्राउ गरिएपछि वाग्मती सफाई महाअभियानका अभियन्ता तथा चलचित्रकर्मी चक्रबहादुर चन्दले सामाजिक सञ्जालबाट सबै सचेत भएर नीति, नियममा रहेर ब्यापार गरौंं तर आफ्नो व्यापार बढाउने नाममा आम नागरिकको स्वास्थ्य र शहरको सुन्दरतासंग खेलवाड नगरौं भन्दै अब नसने चेतावनी दिनुभएको छ ।

चन्दले सामाजिक सञ्जालमार्फत नीति नियममा रहेर ब्यापार व्यवसाय गरौ, तर जथाभावी फोहर फाल्न दिंदैनौं भन्दै अब अति भो महाअभियानको साथ महानगर टिमलाई सदा रहने स्पष्ट पार्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.