“जनताले खोजे अनुसार नहुने पद्धति बिकाउ मात्र हुन्छ टिकाउ हुँदैन” : पूर्वराजा
पूर्वराजा ज्ञानेन्द्र शाहले आधुनिक प्रजातन्त्रको सही अर्थ जनतालाई केन्द्रमा राखेर गरिने सुशासन र विकास भए पनि अहिले देशमा कुरा धेरै काम थोरै भइरहेको बताउनुभएको छ ।
शनिबार सुर्खेतमा आयोजित नागरिक अभिनन्दन समारोहमा पछिल्लो दुई दशकमा अपनाएको शासन पद्धति सही र सार्थक नभएको बताउँदै उहाँले वितेको दुई दशकमा आफूले देश दर्शनका क्रममा जनताबाट अभिव्यक्त भएका विचार र उनीहरुको अवस्थाबाट यस्तो कुरा बुझेको प्रष्ट्याउनुभयो
पूर्व राजा शाहले सम्बोधनका क्रममा शासन प्रणालीलाई जुन शब्दले सम्बोधन गरे पनि देश, जनता र समाजको सर्वोत्तम सेवा र सम्मान नै प्रमुख रहनुपर्छ भन्दै जनताले सोचेको जस्तो नहुने पद्धति बिकाउ हुने तर टिकाउ नहुने बताउनुभयो ।
उहाँको कथन थियो, ‘लोकतन्त्र, जनतन्त्र, गणतन्त्र, समाजवाद, जनवाद, विज्ञानवाद, वैज्ञानिकवाद, भौतिकवाद जे जे शब्द भने पनि मूल कुरा देश, जनता, समाज, समुदाय र समूहको सर्वोत्तम सेवा र सम्मान नै हो’ उनले भने, ‘विश्वव्यापी प्रचलनमा रहेको आधुनिक प्रजातन्त्रको सही अर्थ जनतालाई केन्द्रमा राखेर गरिने सुशासन र विकास नै हो ।’
जब जनताले रोजेको, जनताले खोजेको र जनताले सोचेको अनुसार हुँदैन, तब त्यस्तो पद्धति केही समयको बिकाऊ मात्र हुन्छ, टिकाउको हुँदैन भन्दै पूर्व राजाले देशको स्वभिमान बचाउन एक हुनुको विकल्प नरहेको स्पष्ट पार्नुभयो ।
वीरेन्द्रनगरको घण्टाघर अगाडि गरिएको कार्यक्रममा पूर्व राजा रानीलाई दैलेख पञ्चकोशीको जलपान गराएर नागरिक अभिनन्दन गरिएको थियो । नागरिक अभिनन्दनका लागि १००८ सदस्यीय समिति र २० सदस्यीय उपसमिति गठन गरिएको थियो ।
सबैले गम्भीर भएर सोच्ने बेला आएको छ : पूर्व राजा ज्ञानेन्द्र
प्रतिक्रिया राख्नुहोस्