एन आर एन न्युजजापान

एनआरएनए जापान कान्तोमा दीपेश र भीमसेनको दावी

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान कान्तो क्षेत्रीय समितिको नयाँ कार्यसमितिका लागि आइतवार हुने सातौँ अधिवेशनका लागि दुई जनाले दावी गरेका छन । नयाँ कार्यकाल (२०२१—२३)का लागि संयोजक दाबी गर्नेमा वर्तमान कार्यसमितिका उपसंयोजक भीमसेन राय (भीम), निवर्तमान उपसंयोजक दीपेश खत्री रहनु भएको छ ।

वर्तमान सचिव विमानसिंह मोक्तान सहित तीन जनाको दावीपछि सहमतिका लागि शनिबार साझँ ५ बजेसम्मको निर्धारित समयमा विमानसिंहले दिपेशलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि दुईजनाको भिडन्त पक्का भएको हो ।

आइतबार शिनओकुबोको सोलमारी मुरा हलमा हुने अधिवेशनमा उदघाटन तथा बन्द सत्र पश्चात नयाँ कार्यसमिति चयन प्रकृयामा जाने कार्यतालिका छ ।

एनआरएनए राष्ट्रिय समन्वय समिति जापानले मे १५ देखि जुन १५ सम्म जापानका सम्पूर्ण क्षेत्रीय कार्यसमितिहरुलाई अनिवार्य रुपमा अधिबेशन सम्पन्न गर्न दिएको निर्देशन बमोजिम कान्तो क्षेत्रीय कार्यसमितिको बैठकबाट मे ३० तारिख आईतवारको अधिवेशन गर्ने निर्णय गरिएको थियो ।

अधिवेशन पश्चात गरिने नयाँ कार्यसमिति चयनका लागि निर्वाचन सम्पन्न गर्न बिजय थकालीको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समितिको सदस्यहरुमा बाबुराम पौडेल, बाबुराम सापकोटा, हरि सापकोटा र लेलिन भट्टचनलाई निर्वाचन समिति चयन गरिसकेको छ ।

निर्वाचन समितिले सार्वजनिक गरेको कार्य तालिका अनुसार यहि में २५ तारिख नामावली प्रकाशन र उम्मेदवारी दर्ता, २६ तारिख दर्ता नामावली प्रकाशन, २९ तारिख दाबी ,विरोध तथा उम्मेदवारी फिर्ता र सहमति र अन्तिम नामावली प्रकाशन र जुन ५ तारिकमा निर्वाचन गर्ने समितिका संयोजक विजेश थकालीले जानकारी दिनुभयो ।

यसपटक उम्मेद्धारी शुल्क संयोजकको लागि शुल्क ७ मान येन, उपसंयोजकको ५ मान येन, सचिवको लागि ४ मान येन, कोषाध्यक्षको ४ मान येन, सहकोषाध्यक्ष, सचिव ३मान येन निधारण गरिएको छ भने सदस्य पदको लागि १ मान ५ हजार येन निर्धारण गरेको थियो ।

उपसंयोजक र सचिव निर्विरोध

यसै बीच महिला उपसंयोजक एक पदमा ललिता तामाङ निर्विरोध भएकी छन् भने खुल्ला तर्फ दुई पदमा तीनजनाको उम्मेदवारी परेकाले चयन प्रकृया निर्वाचन मार्फत हुनेछ । जसका लागि सुरेश केसी, शिशिर न्यौपाने र शैलेन्द्र खडकाले उम्मेदवारी दर्ता गराएका छन ।

यस्तै सचिवमा सागर कार्की तथा सहसचिवका लागि महेन्द्र राउत र दीपक सुवेदी विप्लव कोषाध्यक्षमा विनोद राई र सहकोषध्यक्षमा पुरन्जन नेपाल निर्विरोध भएका छन् । एक महिला र विद्यार्थी सहित छ सदस्य पदको सदस्यमा सुविन सुब्बा महिला, अशोक भट्टराई विद्यार्थी र खुल्ला तर्फ एकमात्र उम्मेदवार सोहनकुमार खत्री सर्वसम्मत चयन भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.