राजनीति

भ्रष्टाचार नियन्त्रणबाट मात्र समृद्धि कायम हुन्छ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरेमा मात्र समृद्धि कायम हुने बताउनुभएको छ ।

विराटनगरको पुष्पलाल चोकमा आज आयोजित पार्टी प्रवेश तथा बृहत् आमसभामा उहाँले राजनीति भनेको राष्ट्रसेवा भएकाले भ्रष्टाचार नगरी जनताको हितमा कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष लिङ्देनले राप्रपाले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरेका कारण स्थानीय पालिकामा विजयी प्रमुख, उपप्रमुखहरूले भ्रष्टाचार नगर्ने सङ्कल्प गरी पदभार ग्रहण गर्ने गरेको उदाहरण देखिएको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले मुलुकको ठोस नीति नभएका कारण महँगी वृद्धि भइरहेको चर्चा गर्दै यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण हुनु जरुरी रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.