राजनीति

बालेनको पहिलो निर्णय नगरपालिकाको बैठक प्रत्यक्ष प्रसारण, आजै हुँदैछ बैठक

काठमाडौं महानगरपालिकामा हुने बैठक अब प्रत्यक्ष प्रसारण हुने भएको छ । स्वतन्त्र उम्मेदवारका रुपमा महानगर प्रमुखमा विजयी बालेन्द्र शाहले शपथग्रहणपछि पदभार ग्रहण गर्दै महानगरको बैठकहरु प्रत्यक्ष प्रसारण गर्ने घोषणा गर्नुभएको हो ।

यसअघि बालेन्द्र विजयी भए पनि पार्टीबाट विजेता वडाध्यक्षहरुले काम गर्न दिंदैनन् भन्ने प्रश्नमा उहाँले जनताको काममाा कसैको बिरोध नरहने र आफूले महानगरको सबै बैठक प्रत्यक्ष प्रसारण गर्ने पूर्व योजना अनुसार नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गर्नुभएको हो ।

नगर कार्यपालिकाको पहिलो बैठक सोमबार ४ बजे बोलाइएको छ । बैठकको प्रत्यक्ष प्रशारण गर्ने साहको निर्णय छ । साथै महानगरप्रमुख शाहले काठमाडौंको फोहोर व्यवस्था नभएसम्म खादा–माला नलगाउने र खुसी नमनाउने पनि बताउनुभएको छ ।

पदभार ग्रहणपछि पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै महानगरप्रमुख शाहले पहिले काम गर्ने अनि मात्रै अन्तरवार्ता दिने, खादा माला लगाउने भन्दै पहिला काम गर्न दिन अनुरोध गर्नुभयो ।

पत्रकारहरुले कहिलेदेखि काम सुरु गर्नुहुन्छ, केके गर्नुहुन्छ भन्ने प्रश्न सोधेपछि शाहले पत्रकारहरुले चाहिं हाम्रो कुरा कहिले बुझ्लान् भन्दै उल्टै प्रश्न गर्नुभएको थियो ।

फोहोर व्यवस्थापन आफ्नो प्राथमिकता भएको भन्दै उहाँले हामीले गरेको पापको भोगी सिसडोलबासीहरु हुनु भएको छ । हाम्रो फोहोरले गर्दा क्यान्सर पीडित हुनु भएको छ, छालाको रोग भएको छ । त्यत्रो मान्छे मरिरहनु भएको छ । यो शोक मनाउने बेला हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.