जापान
जापानमा नेपालीहरुको अभिलेखीकरण आरम्भ
जापानमा बस्ने विदेशीहरुमाा नेपालीहरुको संख्या शीर्ष स्थानमा रहेको छ । हाल सवा लाखभन्दा बढी नेपाली जापानमा विभिन्न पेशा, व्यवसाय र अध्ययन तथा रोजगारीमा संलग्न रहेका छन् ।

नेपालीहरुको बढ्दो उपस्थितिकाबीच उनीहरुको अभिलेख राख्ने क्रम पनि सुरु भएको छ । टोकियोस्थित नेपाली दूताबासले यही जेठ १५ गतेदेखि जापानबासी नेपालीहरुको अभिलेखीकरण कार्यक्रम आरम्भ गरेको हो ।
दूताबासले एक विज्ञप्ति जारी गरी दूताबासमा रहने उक्त अभिलेखमा आफ्नो विवरण दर्ता गर्न अनुरोध गर्दै जापनमा सक्रिय सबै संघसंस्थालाई सहयोगका लागि अनुरोध समेत गरिएको छ । त्यस्तै अनलाइन विवरण भर्नका लागि यथाशीघ्र दूताबासको वेबसाइटमा लिंक उपलब्ध गराउने जानकारी दिइएको छ ।
प्रतिक्रिया राख्नुहोस्