विश्वभर ३ लाख ७३ हजार ८ सय ५८ को मृत्यु, ६२ लाख ६३ हजार संक्रमित
![USA Corona Death](https://www.nepaljapan.com/wp-content/uploads/2020/04/USA-Corona-Death-e1595320832598-1.jpg)
विगत केही महिनायति विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले सोमबार विहानसम्म ६२ लाख ६३ हजारभन्दा बढी संक्रमित भएका छन् । यस अवधिमा विश्वभर ३ लाख ७३ हजार ८ सय ५८ को मृत्य भएको छ ।
समाचार अनुसार विश्वका २ सय १३ मुलुक र २ पानीजहाजमा गरी ६२ लाख ६३ हजार ६४ जना संक्रमित भएका छन् । २४ घण्टामा १ लाख ८ हजार ९ सय ५४ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकैदिन अरू ३ हजार ४ सय ६२ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ७३ हजार ८ सय ५८ पुगेको छ ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा सोमबार विहानसम्म १ लाख ७३ हजार ७२६ जनाको मृत्यु भएको छ । २० लाख १९ हजार ७८१ जना संक्रमित भएकोमा ९ लाख ८७ हजार ८० जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २४ हजार ८ सय ८५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २० लाख ६९ हजार ९ सय ३२ पुगेको छ । त्यसमध्ये ६ लाख ७८ हजार ६ सय ०१ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरुमा ३० हजार ७ सय ७७ जनाको मृत्यु भएको छ । ११ लाख ३६ हजार सय जना संक्रमित भएकोमा ६ लाख ९४ हजार ८ सय ६६ जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरुमा ४० हजार ८१ जनाको मृत्यु भएको छ । ८ लाख ७७ हजार ९ सय ४४ जना संक्रमित भएकोमा ३ लाख ५२ हजार ६ सय ०६ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरुमा ४ हजार २ सय ४५ जनाको ज्यान गएको छ भने १ लाख ४८ हजार ७ सय ७३ जना संक्रमित छन् । संक्रमितमध्ये ६३ हजार ४ सय ६३ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२५ जनाको मृत्यु भएको छ । ८ हजार ८०४ जना संक्रमित भएकोमा ८ हजार १९६ जना संक्रमणमुक्त भएका छन् ।
यस अवधिमा ३० लाख ४२ हजार ४ सय १० जनाको उपचार भइरहेकोमा ५३ हजार ४ सय ०९ जनाको अवस्था गम्भीर छ भने २८ लाख ४६ हजार ५ सय ०६ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया राख्नुहोस्