जापान

एकजनामा संक्रमण देखिंदैमा पर्यटकलाई बन्देज लाग्दैन

जापानमा एक पर्यटकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि तीन सातादेखि खुला गरिएको पर्यटक आगमन बन्द हुनसक्ने आशंका भैरहेका बेला सरकारले त्यस्तो कुनै योजना नभएको बताएको छ ।

मंगलबार मन्त्रिपरिषदका मुख्यसचिव हिरोकाजु मात्सुनोले एकजना पर्यटकमा संक्रमण पाइए पनि गत जुन १० देखि खुला गरिएको पर्यटन गतिविधिमा कुनै परिवर्तन नगरिएको बताउनुभएको हो ।

मात्सुनाले मंगलबार संवाददाताहरुसंग मंगलबार एकजनामा संक्रमण देखिए पनि बुधबारदेखि जापान आउनेहरुको संख्या कटौती गर्ने वा पूर्व योजनामा पुनर्विचार गर्नेबारेमा आफूले केही जानकारी नपाएको पनि बताउनुभयो ।

जापान पर्यटन एजेन्सीले संक्रमित व्यक्ति गत शुक्रबार थाइल्याण्डबाट आएपछि दक्षिण पश्चिम जापानको ओइता प्रान्तमा बसेका थिए । सो भ्रमणमा चारजना रहेका थिए र उनीहरुलाई त्यहाँबाट बाहिर निकालिएको छ ।

संक्रमित व्यक्तिमा हल्का लक्षण देखिएको र उसको एक होटलमा अलग्गै राखेर उपचार भैरहेको छ भने उनीसंगै रहेका तीनजनालाई होटल क्वारेन्टिनमा राखिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.