विश्व समाचार

इमरान खानसँग वार्ताका लागि पाकिस्तान सरकारले राख्यो माफी माग्नुपर्ने शर्त

पाकिस्तानका वित्तमन्त्री इशाक डारले पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)का अध्यक्ष इमरान खानले मे ९ मा भएको दङ्गाका लागि राष्ट्रसँग माफी मागेमा मात्र वार्ता सम्भव हुने बताउनुभएको छ ।

एक निजी समाचार च्यानलसँग कुरा गर्दै इशाक डारले भन्नुभयो, “इमरानसँगको वार्ता तब मात्र हुनेछ जब पीटीआई अध्यक्षले आफ्नो गल्ती स्वीकार्नुहुनेछ र त्यसलाई नदोहोरिने कसम खानुहुनेछ ।”

उहाँले पाकिस्तान मुस्लिम लिग–नवाज ९पीएमएल–एन० का प्रमुख नवाज सरिफलाई इमरान खानसँग वार्ताका लागि मञ्जुर गराउनुपर्र्ने बताउनुभएको छ ।

उहाँले नवाज सरिफले हिंसाका दोषीसँग वार्ता गर्न नमिल्ने धारणा राखेको बताउनुभयो । इशाक डारले भन्नुभयो, “नवाज सरिफले हिंसाको पूर्वतयारी गर्नेहरूसँग वार्ता गर्न नसकिने बताउनुभएको छ । उहाँले मे ९ को घटनाको अनुसन्धान भइरहेको र मे ९ मा भएको घटनामा संलग्न तत्वलाई न्यायको कठघरामा ल्याइने बताउनुभयो ।

डारले मे ९ जस्ता घटना फेरि नदोहोरियोस् भनेर उदाहरण प्रस्तुत गर्नुपर्ने बताउनुभयो । उहाँले दङ्गाको योजनामा इमरान खान संलग्न रहेको प्रमाणले देखाएको दावी गर्नुभयो । सरकार राजनीतिक उत्पीडनमा विश्वास नगर्ने उहाँले बताउनुभयो ।

एक प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “यदि नवाज सरिफकी छोरीलाई पक्राउ गर्न सकिन्छ भने कसैकी श्रीमतीलाई पनि पक्राउ गर्न सकिन्छ किनभने कोही पनि कानूनभन्दा माथि छैन ।”

इशाक डारले भन्नुभयो, “मे ९ को घटनामा संलग्न महिलाले राहत पाउन सक्दैनन् । पीटीआईका अध्यक्ष खानले आफ्नो कार्यकालमा पाकिस्तानको भलाइका लागि कुनै भूमिका नखेलेको दावी पनि उहाँले गर्नुभयो ।

डारले पीटीआई अध्यक्षको गलत निर्णयका कारण पाकिस्तानले आर्थिक कठिनाइको सामना गर्नुपरेको दावी गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.