जन सरोकार
मृत अवस्थामा तीन जना फेला
मृत अवस्थामा विभिन्न स्थानबाट तीन जना फेला परेका छन् । कास्की, पोखरा महानगरपालिका-१९ तल्लाकोट बस्ने ४२ वर्षीय राज तिमिल्सिना आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यतै दोलखा, भिमेश्वर नगरपालिका-६ पाटिखोलास्थित कालिनाग होटेलमा बसेका उदयपुर घर भएका ३५ वर्षीय नमस परियार सोही होटलमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै झापा, मेचिनगर नगरपालिका-६ काँकरभिट्टास्थित मेडिकलको पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५६ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्