राजनीति

संस्कृति र सम्पदाको संरक्षण गर्ने जिम्मा राज्यले लिनुपर्छ : नेम्वाङ

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले नेपालको संस्कृति र सम्पदाको संरक्षण गर्ने जिम्मा राज्यले लिनुपर्ने बताउनुभएको छ ।

सुवासचन्द्र नेम्वाङ

रासस केन्द्रीय कार्यालयमा गणतन्त्र दिवसका अवसरमा आयोजित ‘हाम्रो संस्कृति : हाम्रो सम्पदा’ विषयक फोटो प्रदर्शनी अवलोकनका क्रममा उहाँले नेपाललाई एकतामा बाध्ने नेपाली संस्कृति र सम्पदा नै भएको हुनाले त्यसको संरक्षण राज्यले गर्नुपर्ने बताउनुभयो ।

“राष्ट्रिय समाचार समितिद्वारा गणतन्त्र दिवसका उपलक्ष्यमा आयोजि फोटो प्रदर्शनी र यसले गरिरहेका काम कारबाहीको अवलोकन गर्ने अवसर मिल्यो”, उहाँले भन्नुभयो, “गणतन्त्रपछि नेपालमा भएका सबै जाति, भाषा, संस्कृतिको झल्को दिने फोटो प्रदर्शनीले निरन्तरता पाओस् ।”

उहाँले राससको कामलाई प्रविधिमैत्री बनाउँदै लगिएको आफूले पाएको उल्लेख गर्दै भन्नुभयो, “रासस सूचना प्रविधिमा धेरै अघि बढेछ, मलाई खुसी लाग्यो, मलाई पहिलाको बुलेटिनको याद थियो तर अहिले सूचना प्रविधिको राम्रो प्रयोग गरिरहेको रहेछ ।”

समावेशी र समानुपातिक संविधान जनताले जनताकै लागि बनाएकाले त्यसको अक्षरश कार्यान्वयन गर्नुपर्नेमा उहाँको जोड थियो । फोटो प्रदर्शनीका साथै उहाँले राससबाट सेवा प्रवाह हुने विषयमा समेत चासोपूर्वक अवलोकन गर्नुभएको थियो । उहाँका साथमा संविधानसभा सदस्य कृष्णभक्त पोखरेलले पनि हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.