जल/वातावरण

क्वारेन्टिनमा रहेका पुरुषको एक पुरुषको उपचारका क्रममा मृत्यु

पाल्पामा भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मंगलबार मृत्यु भएको छ । जिल्लाको पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पतालका प्रशासकीय प्रमुख जीवन भट्टराईका अनुसार सोमबार दिउँसो १ बजे श्वास फेर्न गाह्रो भएपछि उनलाई अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

भारतबाट आई आइतबार राति तानसेनको क्वारेन्टिनमा बसेका उनलाई सोमबार बिहान ७ बजे पूर्वखोलास्थित शम्भु माविको क्वारेन्टिनमा लगिएको पूर्वखोला गाउँपालिका स्वास्थ्य प्रमुख मोहन ज्ञवालीले बताउनुभयो ।

मृतकको कोरोना संक्रमण रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.