घरेलु कुकुर र बिरालोमा इलेक्ट्रोनिक माइक्रो चिप अनिवार्य
जापानमा घरपालुवा कुकुर र बिरालो विक्रेताहरुमा अनिवार्य रुपमा इलेक्ट्रोनिक माइक्रो चिप लगाउनुपर्ने भएको छ । यसबाट ती पशु हराएमा खोजी गर्न सजिलो हुनेछ । र मालिकले कतै छाडिदिएमा पुनः उनीहरुकै जिम्मा लगाउन सहज हुनेछ ।
तीन वर्षअघि नै जापानको संसदले पशु कल्याण एवं प्रबन्ध सम्बन्धी कानुनमा घरपालुवा कुकुर र बिरालोको सुरक्षाका लागि यस्तो व्यवस्था गर्नुपर्ने प्रबन्ध गरेको थियो ।
संशोधित कानुन अनुसार घरेलु पशु विक्रेता तथा उत्पादकहरुले पशुको शरीरमा एक चिप लगाउनुपर्नेछ । यसमा विक्रेताको नामका साथ पशुका नाम, लिंग, नश्ल र रंगको पनि विवरण हुनेछ ।
लगभग १ सेन्टिमिटर लामो र २ मिलिमिटर चौडा यो चीपमा १५ अंकको परिचय नम्बर हुनेछ । कुकर वा बिराला खरीद गरिसकेपछि खरीदकर्ताको नाम, ठगाना र फोन नम्बर ३० दिनभित्र सूचीकृत गरिसक्नु पर्नेछ ।
यसबाट पशु हराएमा वा पालुवाले छाडिदिएमा तुरुन्तै पत्ता लगाउन सकिनेछ । जापानमा प्रतिवर्ष ७२ हजार कुकुर तथा बिरालाहरु छाडिने गरिएको छ । उनीहरुको संरक्षणका जिम्मा स्थानीय सरकारले लिनु परिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्