जन सरोकार

काठमाडौंबासीले अझै तीन दिन प्रचण्ड गर्मी खप्नुपर्ने

विगत एकसाता यता काठमाडौं उपत्यकामा गर्मीले जनजीवन प्रभावित बनेको छ । आम जनता कहिले पानी पर्ला र ठण्डी होला भन्ने प्रतिक्षामा छन् । तर मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले काठमाडौँमा अझै तीन दिन वर्षा नहुने बताएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेकाले विगत केही दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर गर्मी बढेको छ ।

मौसमविद् गोविन्दकुमार झाका अनुसार अहिले काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा आंशिक बदली रहेको छ । तराई क्षेत्रमा तापक्रम निरन्तर बढिरहेको छ ।

काठमाडौँमा अबको तीन दिनसम्म वर्षाको सम्भावना नरहेको मौसमविद् झाले बताउनुभयो । कर्णाली, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा बदली र वर्षाको सम्भावना रहेको छ । काठमाडौँमा आज न्यूनतम तापक्रम १७ डिग्री र अधिकतम तापक्रम समान ३२ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.