स्वास्थ्य

डा. भगवान कोइराला भन्नुहुन्छ- कोभिड पोजेटिभ देखियो भन्दैमा आत्तिनु पर्दैन (भिडियोसहित)

अहिले कोरोना भाइरसको नयाँ भेरियन्ट संक्रमणले विश्वका अधिकांश मुलुक आक्रान्त भैरहेको छ । नेपालमा अघिल्लो वर्षकोभन्दा यस वर्षको संक्रमण नियन्त्रण बाहिर रहेको जस्तो देखिए पनि अहिले स्थिति विस्तारै नियन्त्रणमा आउँदै गरेको छ ।

पछिल्लो समय कोरोना संक्रमितको उपचारका लागि अक्सिजनको अभाव, अस्पतालहरुमा आईसीयु र भेन्टिलेटरको अभावका कारण उत्पन्न त्रास अहिले केही कम भएको छ तापनि अनावश्यक रुपमा हल्लाकै भरमा अक्सिजन घरमा थुपार्ने र औषधिको जोहो गर्ने क्रम रोकिएको छैन ।

आम जनता संक्रमण भएमा कसरी बच्ने भन्ने जोहोमा लाग्दा चिकित्सक तथा विज्ञहरु भने अक्सिजनको जथाभावी प्रयोग गर्न नहुने र हल्लाकै भरमा औषधि खान नहुने भन्दै सुझाव दिइरहेका छन् । उनीहरु अक्सिजन र औषधिको जोहो नगर्न सुझाव दिइरहेका छन् ।

यसै क्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले सार्वजनिक सन्देश जारी गर्दै कोरोना संक्रमण देखिएको अवस्थामा के गर्ने र के नगर्ने तथा हल्लाको पछि लाग्दा के कस्तो समस्या उत्पन्न हुन्छन् भन्ने जानकारी दिनुभएको छ ।

उहाँले कोरोना पोजेटिभ भएका ८० प्रतिशत आफैं निको हुने र थोरैलाई मात्र अस्पताल जानुपर्ने अवस्था आउने भएकाले अक्सिजनको जोहो घरमा नगरी अस्पताल जानपर्ने र औषधि पनि चिकित्सककै सल्लाहमा मात्रै लिनुपर्ने सुझाव दिनुभएको छ ।

हेर्नुहोस् यो भिडियो

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.