जापान
फुकुओका नेपाल सोसाइटी क्युशुको अधिवेशन जुन १९ मा हुने
क्युशुमा रहेको नेपालीहरुको सबैभन्दा पुरानो संस्था फुकुओका नेपाल सोसाइटीको २६ औँ अधिवेशन आगामी जुन १९ तारिक हुने भएको छ । फुकुओका नेपाल सोसाइटी सन १९९५ मा स्थापना भएको नेपालीहरूको संस्था हाे ।
सोसाइटीका अध्यक्ष शिव शर्माका अनुसार जापानवासी नेपाली तथा नेपालका विभिन्न क्षेत्रमा सामाजिक काममा सकृय संस्थाले नयाँ कार्यकालका लागि पदाधिकारी चयन गर्ने छ । जसका लागि निर्वाचन समिति समेत निमार्ण गरेको छ ।
छ सदस्यीय निर्वाचन समितिको संयोजकमा शिव शर्मा, छत्र दाहाल, रामकृष्ण श्रेष्ठ, लक्ष्मण बानियाँ, पुरुषोत्तम सिग्देल र नवीन अधिकारी रहनु भएको छ ।
जापानमा नेपालीहरूको बाक्लो घनत्व रहेको क्षेत्र फुकुओका हो । अधिवेशन जुन १९ तारिख शनिबार मध्यान्न १२ बजेबाट हुने बताईएको छ ।
प्रतिक्रिया राख्नुहोस्