आरती खनालको दाहसंस्कारका लागि सहयोग अभियान
गत मे ८ मा समुद्रमा मृत भेटिएकी चितवनकी आरती खनालको अन्त्येष्टिका लागि एनआरएनए जापानले सहयोगको अभियान सुरु गरेको छ । एक वर्ष अगाडि विद्यार्थी भिषामा जापान आएकी २३ वर्षीय खनाल वेपत्ता भएको दुई महिनापछि मृत अवस्थामा भेटिएकी थिइन ।
गत मार्चको १७ तारिखदेखि वेपत्ता भएकी खनालको शव ८ मेका दिन ओशाकाको समुन्द्रमा भेटिएको थियो । समुन्द्रमा तैरिरहेको अवस्थामा भेटिएको सो शवको डिएनए परीक्षणबाट आरती नै भएको पुष्टि जापान प्रहरीले गरेको थियो ।
ओशाकाको समुद्रमा भेटियो दुई महिनादेखि हराइरहेकी आरती खनालको शव
बरामद भएको शव आरतीको भएको पुष्टि भएपछि अन्त्येष्टिका लागि परिवार तयार भएको र यसको सम्पूर्ण जिम्मा एनआरएनए जापानले लिएको हुँदा चाँडै अन्त्येष्टि गरिने र सरकार लागि आर्थिक सहायताका लागि सम्पूर्ण संघसंस्था र सहयोगीहरुलाई अपिल गरिएको छ ।
एनआरएनए जापानले एक विज्ञप्ति जारी गरी आरतीको अन्त्येष्टि गरिए पनि उनको मृत्य रहस्यमय रहेकाले आवश्यक अनुसन्धानका लागि जापान प्रहरीलाई निरन्तर दवाव दिइरहेको जनाउँदै अन्त्येष्टिका लागि संकलित रकम आवश्यक खर्च कटाएर बाँकी पीडित परिवारलाई सहयोग गरिने जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्