रास्वपा सांसद सोविता गौतमसंग कान्तोमा अन्तरक्रिया हुँदै
जापान भ्रमणमा रहनुभएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोविता गौतमसंग जापानको कान्तोमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना हुने भएको छ । रास्वपा प्रवास नेपाली सम्पर्क विभाग जापान कान्तो क्षेत्रीय समितिले कार्यक्रम आयोजना गर्न लागेको हो ।
“नेपाली राजनीतिमा प्रवासी युवाहरूको उपस्थिति र भूमिका” विषयमा यही जून ६ तारिक मंगलवार हुने अन्तरक्रिया कार्यक्रमले विदेशिन बाध्य नेपालीहरूलाई आफ्नो देशको राजनीतिक परिवेश, बदलिंदो अवस्था र सकिने योगदानबारे झनै नजिक बनाउने विश्वास लिइएको आयोजक समितिका अध्यक्ष प्रेमप्रसाद कँडेलले बताउनु भयो ।
होराई-चो १-१-३ मा रहेको खानागावा बेरू हलको ६०१ मा दिउँसो ३ बजेबाट करिव ३ घण्टाका लागि आयोजना गरिएको सो कार्यक्रममा उपस्थितिका लागि पायक पर्ने स्थान अनि जापानमा रहनु भएका सबै वर्ग, समुदाय र उमेरका नेपाली समुदायलाई रास्वपा प्रवास नेपाली सम्पर्क विभाग जापानका केन्द्रीय सदस्य प्रकाश आचार्यले एक विज्ञप्ति जारी गर्दै अपील गर्नुभएको छ ।
रास्वपा प्रवास नेपाली सम्पर्क विभाग जापानका महामन्त्री खेमराज पौडेल आमूल परिवर्तनका लागि नेपाली राजनीतिमा विशिष्ट पहिचान बनाएको रास्वपालाई जापानमा पनि विशिष्टिकृत गर्दै आशा अनि भरोसाको पार्टी बनाउन क्रियाशील रहेको बताउँदै भनेर होइन गरेर नै फरक हुने अभियानमा आफूहरु रहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्