जन सरोकार

जनप्रतिनिधिको सहमति नमान्ने भन्दै स्थानीयले अबरोध गरेपछि…

सोमबार स्थानीय जनप्रतिनिधि, काठमाडौं महानगरपालिका र शहरी विकास मन्त्रालयबीच बञ्चरेडाँडामा एक महिना यथाअवस्थामा फोहर खसाल्न दिने सहमति भए पनि स्थानीयबासीले अबरोध गरेपछि प्रहरी परिचालन गरिएको छ ।

मंगलबार विहान उपत्यकाका फोहर बोकेर बञ्चरेडाँडा गएका ट्रकहरु स्थानीय बासिन्दाले रोकेपछि दिउँसो सरकारले प्रहरी बल प्रयोग गरेर फोहोर खसाल्न सुरू गरेको छ।

फोहोर फाल्न नदिने भन्दै आन्दोलित स्थानीयमाथि प्रहरीले बल प्रयोग गरी संघर्ष समितिका संयोजक श्रीराम ढुंगानासहित ३० जनाभन्दा बढीलाई नियन्त्रणमा लिइएको स्थानीय बादल गजुरेलले बताउनुभएको छ ।

सरकारले सोमबार राति भएको सम्झौताअनुसार मंगलबारदेखि फोहोर खसाल्न ल्याउन भनेपछि बञ्चरेडाँडाका स्थानीय बिहानैबाट धर्ना बसेका थिए ।

सोमबार शहरी विकास मन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरका मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोल, शहरी विकास मन्त्रालयका सचिव रमेश प्रसाद सिंह, धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, उपाध्यक्ष मिठुमाया तामाङ, काठमाडौंका प्रहरी बरिष्ठ उपरीक्षक सुदिप गिरी, ककनी गाउँपालिका वडा नं. ३ का अध्यक्ष घननाथ बजगाईंको रोहबरमा सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.