राजनीति

प्रधानसेनापतिसँग जापानी राजदूतको शिष्टाचार भेट

प्रधान सेनापति प्रभुराम शर्मासंग नेपालका लागि मित्रराष्ट्र जापानका राजदूत किकुता युताकाले शिष्टाचार भेट गर्नुभएको छ ।

नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आज भएको भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भेटले दुई देशबीचको आपसी सम्बन्ध थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.