‘नेपाल फेस्टिभल २०२३’ को स्टल बुकिङ खुला, खाद्य स्टलको ४५ मान र सेवामूलक स्टलको १६ मान येन
नेपाली दूताबास जापान र गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको संयुक्त आयोजनामा आगामी जुलाई महिनाको २२ र २३ तारिखमा हुने नेपाल फेस्टिवलको स्टल बुकिङ खुला गरिएको छ ।

राजधानी टोकियोको नाकानोमा रहेको नाकानो सिकी नो मोरी पार्कमा आयोजना हुने फेस्टिबलमा विगतका वर्षहरुमा जस्तै खाद्य पदार्थको १० वटा स्टल र सेवामूलक १६ गरी २६ वटा स्टल रहने र जुन २५ भित्र स्टल बुकिङ गरिसक्नुपर्ने छ ।
जापानीहरुमाझ नेपाल चिनाउने अवसर, पर्यटन प्रबद्र्धन सहित जापानमा रहेका नेपालीहरुको मुख्य चाडका रुपमा भव्यका साथ सम्पन्न हुँदै आएको नेपाल फेस्टिबलका लागि यसपटक स्टल डिपोजिट रकम हटाइएको छ ।
खाद्य स्टलतर्फ ४५ मान येन र सेवामूलक स्टलका लागि १६ मान येन शुल्क निर्धारण गरिएको छ । २५ जुनसम्म स्टल बुकिङ गरिसकेपछि ३० तारिखमा स्टलको रकम भुक्तान गरी स्टल बाँडफाँट गरिने छ ।
तोकिएको स्टलहरु उपलब्ध गराउन तोकिएको समयभित्र बुकिङ र स्टल शुल्क भुक्तान गर्नेलाई पहिलो प्राथमिकता दिइने एनआरएनए जापानले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्