जन सरोकार

पहिरोले नौविसे-नारायणगढसम्म सडक अवरूद्ध

बुधबारको भीषण वर्षापछि पहिरो खस्दा राजधानी काठमाडौंलाई देशका अन्य भागबाट जोड्ने मुख्य राजमार्ग नौबिसे-मुग्लिङ-नारायणगढ अबरुद्ध भएको छ ।

समाचार अनुसार नौविसे र सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ४ नाग्दीखोलामा पहिरो खस्दा सडक अवरूद्ध भएको हो । सडक अबरुद्ध भएपछि बुधबार रातिदेखि नै यात्रुहरू सडकमा रोकिएका छन्।

यस्तै मुग्लिङ(नारायणगढ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को तोपेखोला नाम्सी पुलमा पनि सडक अवरूद्ध भएको छ । बिहान करिब ४ बजेतिर पहिरो खसेपछि सडक अवरूद्ध भएको हो।

पहिरो हटाएर सडक खोल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.