राजनीति

भ्रष्टाचारबारे बोलेको कुरा संसद्को रेकर्डबाट हटाउनु संविधानविपरीत

नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले सांसदभित्र भ्रष्टाचारबारे बोल्न नपाउनु र बोलेको कुरा संसद्को रेकर्डबाट हटाउनु संविधानविपरीत रहेको बताउँदै नीतिगत भ्रष्टाचारलाई नियन्त्रण गर्नेतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।

त्यसै गरी सांसद केसीले सदनमा सांसदहरुले भ्रष्टाचारका विषयमा बोलेको कुरा संसद्को रेकर्डबाट सहमतिका आधारमा हटाएकोप्रति आपत्ति समेत जनाउनुभएको छ ।

त्यस्तै उहाँले भ्रष्टाचारबारे बोलेको कुरा प्रतिपक्ष र सत्तापक्षको सहमतिबाट फिर्ता लिनुलाई गम्भीर आपत्ति रहेको भन्दै यो कस्तो किसिमको संसदीय अभ्यास हो र आउने पुस्तामा के हस्तान्तरण गरिरहेका छौँ भन्दै गम्भीर प्रश्न उठाउनुभएको छ ।

शुक्रबार प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उहाँले बजेटको न्यायपूर्ण ढङ्गले वितरण हुनुपर्नेमा जोड दिंदै सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “निरपेक्ष गरिबीको रेखामुनि बसेका सिमान्तकृत नेपालीको सामाजिक सुरक्षा, न्याय र आयलाई प्रत्याभूति गर्नेतर्फ केन्द्रित हुन सकेनौँ भने केही ठाउँको विकासले क्षणिक विकास होला तर राष्ट्रिय विकासको गति अगाडि बढ्न सक्दैन”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.