भासिएको सडकबाट कार मर्स्याङ्दी नदीको खोंचमा खस्यो
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पीमा सडक भासिएको स्थानबाट एउटा कार तल खसेको भेटिएको छ ।
तनहुँ प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मीले सडकबाट तल मर्स्याङ्दी नदीको खोंचमा कार खसेको देखिएको घटनास्थलमा रहेका जानकारी दिनुभएको छ । उहाँका अनुसार गोताखोर, उद्धारकर्ता र स्वास्थ्यकर्मीसहितको टोलीलाई त्यहाँ परिचालन गरिएको छ ।
प्रहरीका अनुसार उक्त कार आबुखैरेनीबाट मुग्लिङतर्फ जाँदै गरेको भनिए पनि कारमा कतिजना थिए र कोको थिए भन्ने खुलेको छैन ।
सडक भासिएका कारण आज बिहान करिब ५ बजेदेखि नै पोखरा–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध भएको छ । अवरुद्ध सडक तत्काल खुल्न सक्ने अवस्था नरहेकाले सवारी साधनहरु जताबाट आएका छन्, उतैतिर फर्काइएको छ ।
साथै सवारी साधनलाई पोखरा र मुग्लिनमै सवारी साधनलाई रोकिएको छ । तनहुँ प्रहरी प्रमुख रेग्मीले बाटो खुलाउन पहल गरिरहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्