जापान

जापान राष्ट्रसङ्घीय सुरक्षा परिषदमा निर्वाचित

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदमा जापानसहित थप पाँच मुलुक निर्वाचित भएका छन् । एकसय ९३ सदस्यीय महासभामा भएको गोप्य मतदानबाट जापानसहित इक्वेडर, माल्टा, मोजाम्बिक र स्वीट्जरल्याण्ड चयन भएका हुन् ।

अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका विषयमा आवाज उठाउन सहज हुने भएकाले १५ सदस्यीय सुरक्षा परिषद्मा निर्वाचित हुन धेरै देशले त्यसलाई ठूलो उपलब्धि एवम् सफलता मान्ने गरेका छन् ।

विश्वभर युक्रेन युद्ध अहिलेको जल्दोबल्दो विषय बनेको छ । रूसको भिटो शक्तिले परिषद्लाई उसलाई कारबाही गर्नबाट रोकेको छ ।

गत फेब्रुवरीमा रूसले युक्रेनमाथि आक्रमण गरेपछि परिषद्ले दुवै देशका कूटनीतिज्ञ एवम् समर्थकहरूलाई भेला गराएर धेरै बैठक गरेको भए पनि शान्तिपूर्ण समाधान गर्न परिषद् असफल भएको छ ।

परिषद्का कार्यसूचीमा युक्रेनबाहेकका सिरिया र यमनदेखि माली र म्यान्माका साथै उत्तर कोरिया तथा इरानबाट उत्पन्न आणविक जोखिमका अन्तर्राष्ट्रिय मुद्दा पनि छन् । इस्लामिक स्टेट र अलकायदाजस्ता चरमपन्थी समूहले सृजना गरेका चुनौती र आक्रमण साम्य पार्न परिषद्लाई कठिनाइ भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.