जन सरोकार
महाकाली नदी किनारमा शव फेला
बैतडीको शिवनाथ गाउँपालिकास्थित महाकाली नदी किनारमा एक अपरिचित पुरूषको शव फेला परेको छ । शिवनाथ गाउँपालिका–२ खैरेनी नजिक महाकाली नदी किनारमा पुरूषको शव फेला परेको हो ।
स्थानीय बासिन्दाले शव देखेपछ प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । प्रहरी निरीक्षक खत्रीको नेतृत्वमा प्रहरी टोली घट्नास्थलतर्फ गएको छ ।
प्रतिक्रिया राख्नुहोस्