जन सरोकार
फ्युज जोड्ने क्रममा करेन्ट लागेर बोहराको मृत्यु
अछाम, साँफेबगर नगरपालिका-१४ पातलकोट बस्ने ४१ वर्षीय पदम बोहराको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँस्थित विद्युतको ट्रान्समिटर जडित पोलमा फ्युज जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि न्याय हेल्थ अस्पताल बयलपाटातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्