सूचना/प्रविधि

लकडाउनको साथी हजारौं नेपाली गीत र चलचित्रसंग मस्ती 'मोमो'को साथमा

कोरोना भाइरस संक्रमण हुन नदिन विश्वभर लकडाउनको अवस्था छ र घरभित्रै बस्नुपर्ने भएकाले विश्वभर छरिएर रहेका नेपालीहरुका लागि मनोरञ्जनात्मक एप मोमोमार्फत सजिलै समय कटाउन सकिने भएको छ । यो एपबाट गीत, चलचित्र, लाइभ टेलिभिजन सजिलै हेर्न सकिनेछ ।

मोर म्यूजिक, मोर मुभीको नारासहित न्यू आइटी भेञ्चर कर्पोरेशनले म्यूजिक नेपालसंगको सहकार्यमा नेपााल टेलिकमले प्रबद्र्धन गरेको हो । ‘मोमो’ एपमा ५ हजारभन्दा बढी गीत, ५ सयभन्दा बढी चलचित्र, १ हजारभन्दा बढी म्यूजिक भिडियोका साथै लाइभ टिभी सो हेर्न सकिनेछ ।

‘मोमो’ दुई वर्षअघि सार्वजनिक भएको “मुभी एण्ड मस्ती”को परिस्कृत स्वरुप हो । ‘मोमो’ एपको उद्देश्य नेपालीमाझ जसरी मोमो एउटा सर्वप्रिय परिकारका रुपमा स्थापित भएको छ त्यस्तै बनाउने रहेको छ । सोही उद्देश्यका साथ बढीभन्दा बढी फिचर र अन्य सुविधाहरुका साथ बहुचर्चित गीत, चलचित्र, भिडियोहरुमा सजिलै पहुँच पुर्याउनेछ ।

‘मोमो’ लगइन गर्न फेसबुक, इमेल तथा नेपाल टेलिकमको फोन नम्बरबाट लगइन गर्न सकिनेछ । मोमो लगइनपछि गीत, संगीत, चलचित्रदेखि लाइभ टिभी सो सम्पूर्ण आफ्नै मोबाइलमा सजिलै हेर्न सकिनेछ ।

२०१८ अक्टोबर ९ मा नेपालका लागि मात्र “मुभी एण्ड मस्ती”को नाममा सार्वजनिक भएको एपलाइए परिस्कृत गरी मोमो बनाइएको र अहिले विश्वव्यापी रुपमा डाउनलोड गर्न सकिनेछ । काराओके सुविधासहितको यो एपमा प्रवेश गर्नेहरु दिन प्रतिदिनन बढिरहेको र यसबाट भरपूर मनोरञ्जन लिएको टिप्पणी उपयोगकर्ताहरुले गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.