जापान

गुम्ना, इशिकावा र कुमामोतोका प्रतिबन्ध हटाइने

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जापान सरकारले विभिन्न राज्यहरुमा संकटकाल र कतिपयमा प्रतिबन्ध लगाएकोमा तीन राज्यको प्रतिबन्ध हटाउने भएको छ ।

सरकारले गुम्मा, इशिकावा र कुमामोतो राज्यको प्रतिबन्ध हटाउने निर्णय लिएको छ । आइतबार यी राज्यहरुमा प्रतिबन्धको समय सकिंदैछ । अवधि सकिनु तीन दिनअघि सरकारले सो निर्णय गरेको हो ।

यसै गरी राजधानी टोकियो तथा ओसाका, आइचीसहित १० राज्यमा जारी संकटकाल र अन्य पाँच राज्यमा लगाइएको गहन प्रतिबन्ध पनि २० जुनमा समाप्त हुने भएकाले अर्को साता आवश्यक निर्णय लिइने बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.